• प्रकाशितः कार्तिक १५, २०७८

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रदेशिक सम्मेलन नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा भरतपुर महानगरपालिकाको कार्यालय, चितवन सहित बिभिन्न सहयोगी निकायहरुको सहयोगमा चितवनको सौराहास्थित होटल सेभेन स्टारमा २०७८ कात्तिक १३ र १४ गते सम्पन्न भयो ।

प्रदेशभरका १० जिल्ला शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित अन्य सञ्चारकर्मीहरुको सहभागितामा वर्तमान अवस्थामा सञ्चार माध्यम र नेपाली पत्रकारिताको अवस्थाको बारेमा पनि वृहत अन्तरक्रिया भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रशाद शर्मा खनाल, देशभरका पत्रकारको छाता संगठन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल सहित पदाधिकारी, पत्रकारसँग सम्बन्धित संघ संगठनका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको आतिथ्यता रहेको थियो ।