Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

प्रेस विरोधी ऐन कानूनको बिरोधमा मानव साङ्लो प्रर्दशन

जेष्ठ २५, २०७६

मिडिया काउन्सिल विधेयकसहित सञ्चार बिरोधी ऐन कानूनहरुको बिरोधमा हेटौंडामा शनिबार बिहान पत्रकारहरुले बिरोध प्रर्दशन गरेका थिए ।

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा हेटौंडाको बुद्ध चोकमा मानवसाङ्लो प्रर्दशन गरी उनीहरुले बिरोध गरेका हुन् । मानवसाङ्लो प्रर्दशनमा सहभागि पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड बाकेका थिए ।

बिरोध प्रर्दशनपछि बोल्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले मिडिया बिरोधी ऐन कानूनहरु नसच्चिएसम्म संघर्ष जारी रहने बताए ।

‘हामी सत्ताको भजन गाउँदैनौ, समाचार लेख्छौं’, उनले भने, ‘समाचार लेखेर खान समेत नपाउने अवस्था आउनु दुखद कुरा हो ।’ प्रर्दशनीमा हेटौंडाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

हेटौंडा, २५ जेठ